स्टाफ नर्स/हेल्थ असिस्टेन्ट
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 9, 2026
- Job type
- Full time
- Category
- Health Care
- Level
- Mid Level
- Industry
- Hospital / Clinic / Diagnostic Centre
- Education
- Diploma Certificate
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक जनस्वास्थ्य केन्द्र
गण्डकी प्रदेश, पोखरा
समुदायस्तरमा मातृ तथा शिशु स्वास्थ्य, सर्ने तथा नसर्ने रोगको रोकथाम र स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा विद्यालयस्तरबाट बालबालिकाहरूलाई स्वस्थ जीवनशैलीमा अभ्यस्त गराउन र समुदायस्तरमा समतामूलक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रेरित गर्ने उद्देश्यले निम्नानुसारको जनशक्ति सेवा करारमा लिनुपर्ने भएकोले २१ दिनभित्र देहायबमोजिमका कागजातहरू संलग्न गरी यस केन्द्रको प्रशासन शाखामा दरखास्त पेस गर्न इच्छुक योग्य नेपाली नागरिकहरूलाई आह्वान गरिन्छ।
पदको विवरण
विज्ञापन नं: १०२/२०८३/८४
- पद:स्टाफ नर्स/हेल्थ असिस्टेन्ट
- तह: पाँचौँ तह
- पदपूर्ति संख्या: १ (एक)
- सेवाको प्रकृति: करार
आवश्यक न्यूनतम शैक्षिक योग्यता
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स (PCL Nursing) वा हेल्थ असिस्टेन्ट विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल नर्सिङ परिषद् वा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता तथा नवीकरण गरिएको हुनुपर्नेछ। सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव प्राप्त स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइनेछ।
- विदेशी शैक्षिक संस्थामा अध्ययन गरेको भए सम्बन्धित निकायबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
- साथै, कम्प्युटरसम्बन्धी ज्ञानका साथै MS Office (Word, Excel, PowerPoint), Email, Internet तथा KOBO Tool आदि सहज रूपमा चलाउन सक्ने र नेपाली तथा अंग्रेजी दुवै भाषामा टाइप गर्न सक्ने हुनुपर्नेछ।
आवश्यक कागजातहरू
दरखास्त फाराम पेस गर्दा देहायबमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछः
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
- राष्ट्रिय परिचयपत्रको प्रतिलिपि।
- शैक्षिक योग्यताका प्रमाणपत्रहरू (एस.एल.सी./एस.ई.ई. तथा प्रमाणपत्र तह [PCL Nursing/Health Assistant]) का चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रका प्रतिलिपिहरू।
- समकक्षता वा सम्बन्धन आवश्यक पर्ने भए सोको प्रमाणपत्रको प्रतिलिपि।
- नेपाल नर्सिङ परिषद् वा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता तथा नवीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि।
- दरखास्त दस्तुर बुझाएको सक्कल रसिद।
उमेर: दरखास्त आह्वान भएको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा दस्तुर: रु. ७००/- (अक्षरेपी सात सय रुपैयाँ मात्र)।
राजस्व बुझाउने विवरण
- बैंकको नाम: राष्ट्रिय वाणिज्य बैंक, पोखरा
- कार्यालय कोड: ३७००१३९०५४
- राजस्व शीर्षक नं: ९४२२४
छनोटको किसिम: अन्तर्वार्ता।
तलब तथा अन्य सुविधा: प्रदेश निजामती सेवाको सम्बन्धित तहको सुरु स्केल वा सो सरह।
कार्यक्षेत्र: माछापुच्छ्रे गाउँपालिका।
सेवा करार अवधि: २०८४ साल असार मसान्तसम्म।
दरखास्त दिने अन्तिम मिति: २०८३ साल मंसिर २३ गते कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ। अन्तिम मितिमा सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त बुझाउन सकिनेछ।
सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समयभित्र।
Interested in this role?
Apply by Dec 9, 2026 on Merojob.