आधारभूत तह र माध्यमिक तह स्वयंसेवक शिक्षक

Saptari Posted Nov 20, 2026 4 views Apply by Dec 3, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 3, 2026
Job type
Full time
Category
Education
Level
Mid Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
10
Salary
Not stated

More about this job

हनुमाननगर कंकालिनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हनुमाननगर, सप्तरी, मधेश प्रदेश, नेपाल

सूचना मिति: २०८३/०८/०३

प्रस्तुत विषयमा यस हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा आधारभूत तह तथा माध्यमिक तहमा शिक्षकको उपलब्धता वृद्धि गर्न नगर स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम आ.व. २०८३/०८४ का लागि तपसिलबमोजिमका करार स्वयंसेवक शिक्षकका पदहरू खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य नेपाली नागरिकहरूबाट राजस्व तिरेको रसिदसहित यस नगरपालिकाबाट निर्धारित आवेदन फारामको ढाँचामा मिति २०८३/०८/१७ गतेसम्म दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ। रित नपुगेको वा म्याद नाघी प्राप्त भएको दरखास्तउपर कुनै कारबाही गरिने छैन।

१. आधारभूत तह स्वयंसेवक शिक्षकको पदपूर्ति विवरण

विज्ञापन नं. २०८३/०८४/०१ अन्तर्गत आधारभूत तहका लागि जम्मा ४ (चार) जना स्वयंसेवक शिक्षक माग गरिएको छ। यस पदका लागि परीक्षा दस्तुर रु. ७००/- (सात सय रुपैयाँ) लाग्नेछ।

२. माध्यमिक तह स्वयंसेवक शिक्षकको पदपूर्ति विवरण

माध्यमिक तहका लागि देहायबमोजिम विषयगत स्वयंसेवक शिक्षक माग गरिएको छ।

  • विज्ञापन नं. २०८३/०८४/०२: अंग्रेजी विषय — २ जना।
  • विज्ञापन नं. २०८३/०८४/०३: गणित विषय — १ जना।
  • विज्ञापन नं. २०८३/०८४/०४: विज्ञान विषय — १ जना।
  • विज्ञापन नं. २०८३/०८४/०५: लेखा विषय — १ जना।
  • विज्ञापन नं. २०८३/०८४/०६: सामाजिक विषय — १ जना।

माध्यमिक तहका सबै विज्ञापनका लागि परीक्षा दस्तुर रु. १,०००/- (एक हजार रुपैयाँ) लाग्नेछ।

३. परीक्षाको किसिम

परीक्षा देहायबमोजिम सञ्चालन हुनेछ।

  • वस्तुगत परीक्षा
  • विषयगत परीक्षा
  • अन्तर्वार्ता

४. परीक्षा मिति : परीक्षा सञ्चालन हुने मिति पछि प्रकाशित गरिनेछ।

५. आवश्यक न्यूनतम शैक्षिक योग्यता

  • आधारभूत तहका लागि: आधारभूत तह (कक्षा १–८) मा अध्यापन गर्न प्रविणता प्रमाणपत्र तह वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
  • माध्यमिक तहका लागि: माध्यमिक तह (कक्षा ९–१०) मा अध्यापन गर्न सम्बन्धित विषयमा स्नातक तह वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

६. उम्मेदवारले पेस गर्नुपर्ने आवश्यक कागजातहरू

दरखास्तसाथ उम्मेदवारले देहायका कागजातहरू पेस गर्नुपर्नेछ।

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि।
  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति।
  • अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि।
  • वैदेशिक शिक्षण संस्थाबाट प्राप्त शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।

७. उम्मेदवारको उमेरको हद: दरखास्त फाराम बुझाउने अन्तिम मिति २०८३ मंसिर १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

८. प्रमाणपत्र तथा दरखास्त फारामसम्बन्धी व्यवस्था: दरखास्त फारामसाथ पेस गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा उम्मेदवार स्वयंले सक्कलसँग भिडाई नक्कल ठीक छ भनी प्रमाणित गरेको हुनुपर्नेछ।

नोट: दरखास्त फाराम नगर स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ को अनुसूची–१ बमोजिम भर्नुपर्नेछ।

९. विज्ञापनसम्बन्धी थप जानकारी तथा सर्तहरू

  • कुनै पनि सर्त राखी पेस गरिएको दरखास्त स्वीकृत गरिने छैन।
  • कुनै उम्मेदवारले झुट्टा विवरण वा नक्कली कागजात पेस गरेको जानकारी प्राप्त भएमा त्यस्तो उम्मेदवारको दरखास्त फाराम जुनसुकै बखत रद्द गरी प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
  • लिखित परीक्षा शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि निर्धारण गरेको नयाँ पाठ्यक्रमबमोजिम हुनेछ।

१०. सुविधा : यस पदमा नियुक्त हुने स्वयंसेवक शिक्षकले नगर स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि, २०७९ बमोजिमको सुविधा प्राप्त गर्नेछन्।

Interested in this role?

Apply by Dec 3, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP71186 Report a problem

Similar jobs

Apply on Merojob