माध्यमिक तह सामाजिक शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 4, 2026
- Job type
- Full time
- Category
- Education
- Level
- Mid Level
- Industry
- Education - School & Colleges
- Education
- Under Graduate (Bachelor)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
श्री वीरेन्द्र माध्यमिक विद्यालय
शान्तिनगर–१, खिलतपुर, दाङ
शान्तिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, जम्लेकुला, दाङको मिति २०८३/०७/१७ गतेको च.नं. २३ (शिक्षा) को प्राप्त अनुमतिपत्र तथा यस श्री वीरेन्द्र माध्यमिक विद्यालय, शान्तिनगर–१, खिलतपुर, दाङको मिति २०८३/०४/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार देहायबमोजिमको पदमा शिक्षक आवश्यकता रहेकाले आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ।
१. पद तथा विज्ञापनसम्बन्धी विवरण: विज्ञापन नं. ०११०८३३८४ अन्तर्गत माध्यमिक तहमा सामाजिक विषयको १ (एक) जना शिक्षक माग गरिएको छ। उक्त पदको किसिम गाउँपालिका अनुदानअन्तर्गत रहनेछ।
२. आवश्यक न्यूनतम शैक्षिक योग्यता: समाजशास्त्र, मानवशास्त्र वा सामाजिक अध्ययन विषयमध्ये कुनै एक विषयलाई मूल विषयका रूपमा लिई स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
३. उमेरको हद: दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
४. तलब तथा सुविधा: शान्तिनगर गाउँपालिकाको प्रचलित नियमअनुसार तलब तथा सुविधा उपलब्ध गराइनेछ।
५. दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. २,०००/- (अक्षरेपी दुई हजार रुपैयाँ) लाग्नेछ।
६. परीक्षाको किसिम: उम्मेदवारको छनोटका लागि लिखित, मौखिक तथा आवश्यक परे प्रयोगात्मक परीक्षा समेत सञ्चालन गरिनेछ।
७. दरखास्त दिने अन्तिम मिति: इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले मिति २०८३/०८/१८ गते बेलुका ४:०० बजेसम्म विद्यालयमा दरखास्त पेस गरिसक्नुपर्नेछ।
८. आवश्यक कागजातहरू
- हस्तलिखित निवेदन।
- शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि।
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
- स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि (२/२ प्रति)।
- निरोगिताको प्रमाणपत्र १ (एक) प्रति।
दरखास्तसाथ उम्मेदवारले देहायबमोजिमका कागजातहरू पेस गर्नुपर्नेछ।
Interested in this role?
Apply by Dec 4, 2026 on Merojob.