बोलपत्र आह्वान

Surkhet Posted Nov 20, 2026 64 views Apply by Nov 24, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 24, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र

किर्डाक नेपाल

केन्द्रिय कार्यालय चन्दननाथ– ६, जुम्ला

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०८३ कात्तिक १८

पुनः प्रकाशित मिति

२०८३ मंसिर ४ गते

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “किशोरी सशक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लामा वितरण तथा तालिमका लागि आवश्यक कमिक स्टोरी बुक, सी.एस.ई क्रियाकलाप कार्ड तथा सम्बन्धित सामग्री र बिल्डिङ ब्रिजेज म्यानुअल गरी ३ वटाको छपाइ, बाइन्डिङ, फिनिसिङ तथा डेलिभरी कार्यका लागि यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र रितपूर्वक शिलबन्दी बोलपत्र पेश गर्न इच्छुक तथा योग्य मुद्रण प्रेस / फर्महरू सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. कम्पनी / फर्म दर्ता प्रमाणपत्र तथा मुद्रण प्रेस / उद्योग दर्ता प्रमाणपत्र (नवीकरण सहित) को प्रतिलिपि ।

२. स्थायी लेखा नम्बर (PAN) / मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

३. करचुक्ता प्रमाण पत्रको प्रतिलीपी आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ ।

४. मूल्य सहितको कार्य तालिका ।

५. प्रस्तावकले यस अघि सिफारिस गरेको कामको अनुभवहरूको कागजातको प्रतिलिपी ।

६. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशतको सक्कल बैंक जमानी पत्र (Bank Guarantee letter) संलग्न गर्नु पर्नेछ ।

७. स्वार्थ नबाझिएको घोषणा फारम तथा सेफगार्डिङ नीतिमा हस्ताक्षर सहितको प्रतिबद्धता फारम ।

प्रस्ताव आह्वानको शर्तहरू (ToR) संस्थाको Website (www.kirdarc.org) वा तल दिइएको कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ ।

बोलपत्र सम्बन्धी जिज्ञासा तथा स्पष्टीकरण २०८३ साल मंसिर ८ गतेसम्म गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल मंसिर ८ गते कार्यालय समयको बेलुका ५ बजेभित्र रहेको तथा उक्त बोलपत्र खोल्ने मिति २०८३ साल मंसिर १) गते दिनको ३:०० बजे समन्वय कार्यालय, सानेपा–३ ललितपुरमा खोलिने छ ।

छपाइ हुने सामग्री तथा विवरण तपसिल बमोजिम रहेको छ ।

Link_1 Bidding Documents of All Printing Works

Link_2.1 ToR Building Bridges CSE Manual

Link_2.2 ToR CSE Activity Cards Print

Link_2.3 ToR on Comic Story Books - Print

Link_3 COI + Child Safe Guarding + Code of Conduct for suppliers

बोलपत्रको विस्तृत ToR मा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले किर्डाक नेपालबाट जानकारी गराइनेछ ।

बोलपत्र पेश गर्ने ठेगाना

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक), नेपाल कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर - ८ खजुरा, सुर्खेत (फोन नं. ०८३–५२५६६४), जिल्लाको कार्यालय ठुली भेरी–०३ दुनै, डोल्पा तथा समन्वय कार्यालय सानेपा–३ ललितपुर (फोन नं. ०१–५४४८३२१, ५४४८०४०) ।

नोट: पहिले आवेदन दिइसकेका व्यक्तिहरूले पुनः आवेदन नदिनुहोला।

https://www.jobsnepal.com/blpatara-aahavana-145042

Interested in this role?

Apply by Nov 24, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP71432 Report a problem

Similar jobs

Apply on JobsNepal