शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 7, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
दिव्य विकास स्रोत केन्द्र, पर्सा
वीरगञ्ज महानगरपालिका–१४, पशुपतिनाथ टोल, पर्सा
शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३ मंसिर ७ गते, सोमबार
दिव्य विकास स्रोत केन्द्र, पर्साले सन् २०२७ का लागि आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाहरू आपूर्ति गर्न वार्षिक भेन्डर (Annual Vendor) छनोट गर्ने उद्देश्यले सम्बन्धित विषयमा कारोबार गर्न इजाजत प्राप्त इच्छुक तथा प्रचलित कानुनबमोजिम दर्ता भएका फर्म/कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
यस संस्थालाई आवश्यक पर्ने तपसिलमा उल्लेखित सामग्री तथा सेवाहरू आपूर्ति गर्न इच्छुक योग्य फर्म/कम्पनीहरूले आफूले आपूर्ति गर्न सक्ने सामग्री तथा सेवाहरूको विवरण, तोकिएको दररेट र आवश्यक कागजातहरू संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ मंसिर २१ गते सोमबार बेलुका ५:०० बजेसम्म यस संस्थाको कार्यालयमा शिलबन्दी बोलपत्र दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. आपूर्ति गर्नुपर्ने सामग्री तथा उपलब्ध गराउनुपर्ने सेवाहरू
१. मसलन्द तथा कार्यालय सञ्चालनसम्बन्धी सामग्री (Stationery Items) र खेलकुद सामग्री।
२. होटल तथा आतिथ्य सेवासम्बन्धी सामग्री र सेवा।
२. शिलबन्दी बोलपत्र फाराम प्राप्त गर्ने प्रक्रिया
शिलबन्दी बोलपत्र फाराम प्राप्त गर्न इच्छुक फर्म/कम्पनीले निवेदनसहित आफ्नो फर्म/कम्पनी दर्ता तथा वैधानिकता पुष्टि गर्ने आवश्यक कागजातहरू यस संस्थाको कार्यालयमा पेस गर्नुपर्नेछ।
३. बोलपत्रका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि।
२. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि।
३. आर्थिक वर्ष २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
४. सम्बन्धित व्यवसाय सञ्चालन गर्न आवश्यक इजाजतपत्र वा अनुमति प्रमाणपत्रको प्रतिलिपि (लागू हुने अवस्थामा)।
५. संस्थाको बाल सुरक्षा नीति तथा आचारसंहितासम्बन्धी प्रतिबद्धता फाराममा हस्ताक्षर गरिएको प्रति।
४. बोलपत्रसम्बन्धी सर्तहरू
१. बोलपत्रदाताले संस्थाबाट उपलब्ध गराइएको बोलपत्र फाराम तथा सूचनामा उल्लेख भएबमोजिमका सामग्री तथा सेवाहरूको मात्र दररेट उल्लेख गर्नुपर्नेछ। साथै, सम्बन्धित फर्म/कम्पनीले आफ्नो व्यवसायसँग सम्बन्धित सामग्री तथा सेवाहरूको मात्र दररेट पेस गर्नुपर्नेछ।
२. इच्छुक फर्म/कम्पनीले आफ्नो शिलबन्दी बोलपत्र २०८३ मंसिर २१ गते सोमबार बेलुका ५:०० बजेसम्म संस्थाको कार्यालयमा अनिवार्य रूपमा दर्ता गराइसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट अर्थात् २०८३ मंसिर २२ गते मंगलबार दिउँसो २:०० बजे बोलपत्रदाताहरू वा निजहरूका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा संस्थाको कार्यालयमा खोलिनेछ। बोलपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्ने कार्यमा कुनै बाधा पर्ने छैन।
३. बोलपत्र फाराममा प्रत्येक सामग्री तथा सेवाको दररेट स्पष्ट रूपमा अङ्क र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ। अङ्क र अक्षरमा उल्लेख गरिएको दररेट फरक पर्न गएमा अक्षरमा उल्लेख गरिएको दररेटलाई मान्यता दिइनेछ।
४. बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिनलाई अन्तिम मिति मानिनेछ।
५. तोकिएको समयसीमा नाघेर प्राप्त भएका तथा आवश्यक कागजातहरू संलग्न नगरिएका बोलपत्रहरू मूल्याङ्कन तथा छनोट प्रक्रियामा समावेश गरिने छैनन्।
६. बोलपत्रसम्बन्धी अन्य सर्त तथा प्रावधानहरू संस्थाबाट उपलब्ध गराइने बोलपत्र फाराममा उल्लेख भएबमोजिम हुनेछन्।
७. बोलपत्रदाताले संस्थाले उपलब्ध गराएको निर्धारित फाराममा प्रत्येक सामग्रीको स्पष्ट विवरण, गुणस्तर तथा स्पेसिफिकेसनसहित दररेट उल्लेख गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र मूल्याङ्कनपश्चात् छनोट भएका भेन्डरले संस्थाको मागअनुसार तोकिएको गुणस्तर र स्पेसिफिकेसनबमोजिमका सामग्री तथा सेवाहरू निर्धारित समयभित्र उपलब्ध गराउनुपर्नेछ।
८. बोलपत्रदाताले बोलपत्रमा प्रतिबद्धता जनाएबमोजिमको समयावधिभित्र सामग्री तथा सेवाहरू उपलब्ध गराउनुपर्नेछ।
९. बोलपत्र पेस गर्दा प्रत्येक सामग्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) तथा अन्य करहरूको विवरण स्पष्ट रूपमा खुलाउनुपर्नेछ। करसम्बन्धी विवरण बोलपत्र फारामको कैफियत वा टिप्पणी महलमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
१०. बोलपत्रको मूल्याङ्कन तथा भेन्डर छनोट गर्दा देहायका आधारहरूलाई ध्यान दिइनेछः
११. प्राप्त शिलबन्दी बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने तथा एक वा एकभन्दा बढी भेन्डर छनोट गर्ने सम्पूर्ण अधिकार दिव्य विकास स्रोत केन्द्र, पर्सामा सुरक्षित रहनेछ।
१२. छनोट भएका भेन्डरले दिव्य विकास स्रोत केन्द्रको संस्थागत मूल्य, मान्यता, नीति तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ। साथै, सामग्री तथा सेवा आपूर्तिका क्रममा कुनै पनि प्रकारको बालश्रम प्रयोग गर्न पाइने छैन।
१३. आपूर्ति गरिएका सामग्री तथा उपलब्ध गराइएका सेवाहरूको भुक्तानी नियमानुसार बैंकिङ प्रणालीमार्फत गरिनेछ।
१४. छनोट भएको भेन्डरले संस्थाको कार्यालय, वीरगञ्ज महानगरपालिका–१४, पशुपतिनाथ टोल, पर्सासम्म सामग्री सुरक्षित रूपमा ढुवानी गरी उपलब्ध गराउनुपर्नेछ। सामग्री ढुवानीका क्रममा लाग्ने सम्पूर्ण खर्च, सुरक्षा तथा सम्भावित जोखिमको जिम्मेवारी सम्बन्धित भेन्डरकै हुनेछ।
१५. नेपाल सरकारको प्रचलित आयकर ऐन तथा अन्य सम्बन्धित कानुनबमोजिम आवश्यक कर कट्टा गरी भुक्तानी गरिनेछ।
१६. बोलपत्रदाताले दिव्य विकास स्रोत केन्द्र, पर्साको बाल सुरक्षा नीति तथा आचारसंहितासम्बन्धी घोषणा/प्रतिबद्धता फाराममा अनिवार्य रूपमा हस्ताक्षर गरी बोलपत्रका साथ पेस गर्नुपर्नेछ।
५. शिलबन्दी बोलपत्र पेस गर्ने ठेगाना
दिव्य विकास स्रोत केन्द्र, पर्सा
कार्यालय: वीरगञ्ज महानगरपालिका–१४, पशुपतिनाथ टोल, पर्सा।
सम्पर्क नं.
९८४५२५६०६८
दिव्य विकास स्रोत केन्द्र, पर्सा
https://www.jobsnepal.com/shalbnatha-blpatara-aahavana-samabnathha-sacana-145070
Interested in this role?
Apply by Dec 7, 2026 on JobsNepal.