शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान

Nationwide Posted Nov 23, 2026 6 views Apply by Nov 29, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 29, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना आह्वान ।

प्रथम पटक प्रकाशित मितिः २०८३ मंशीर ७ गते (November 23, 2026)

प्रस्तुत विषयमा यस नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) सिस्ने गाउँपालिका वडा नं. ६, रुकुम (पूर्वी भाग) र Ipas Nepal को साझेदारीतामा रुकुम (पूर्वी भाग) जिल्लामा सञ्चालित नेपालमा जलवायु उत्थानशीलता र यौन तथा प्रजनन् स्वास्थ्य सबलीकरण (SRHR) परियोजना अन्तर्गत परियोजनाको लक्षित स्वास्थ्य संस्थाहरूलाई राहत, खानेपानी, सरसफाई तथा स्वच्छता सामग्री, सोलार ब्याकअप, विभिन्न स्वास्थ्य उपकरणहरू र विपद्को समयमा उद्धार तथा सूरक्षा सामग्रीहरू खरिद गरी सहयोग गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित कानुनी कागजातहरू सहित ईच्छुक आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशित गरिएको मितिले ७ दिन भित्र शिलबन्दि कोटेशन दरभाउ पत्र पेश गर्नुहुन समबन्धित सबैमा जानकारीको गराईन्छ । शिलबन्दि दरभाउ पत्र भौतिक रुपमा यस संस्थाको कार्यालय सिस्ने गाउँपालिका- ६, रुकुम (पूर्वी भाग) वा ईमेल ठेगाना [email protected] मा Password Protected गरी यस संस्थामा पेश गर्न सकिने छ । सूचनाको अवधीमा अन्तिम दिन सार्बनजिक बिदा पर्न गएमा सो दिनको भोली पल्ट कार्यालय समय ५ बजेभित्र पेश गर्न सकिनेछ । शिलबन्दी दरभाउपत्र यस संस्थाले तयार पारेको Financial Proposal तथा आपूर्तिकर्ताले आफ्नै Letter Head मा तयार गरी पेश गर्न सकिने पनि सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

संलग्न गर्नुपर्ने कागजातहरू

१. फर्म तथा सप्लायर्स दर्ता प्रमाण पत्रको प्रतिलिपी थान ------- १

२. स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर प्रमाण पत्रको प्रतिलिपी थान ------ १

३. आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी थान ----- १

१. कोटेशन पेश गर्दा दरभाउ रकम VAT सहित वा रहित सोबारे स्पष्ट रुपमा खुलाउनुपर्ने छ ।

२. आपूर्तिकर्ता छनौट गर्ने अधिकार मिक नेपालमा निहित रहने छ ।

३. रित नपुगी आएका शिलबन्दी दरभाउ पत्रहरु मान्य हुने छैनन् ।

४. शिलबन्दि दरभाउ पत्र पेश गर्दा आपूर्तिकर्ताले सोघोषणा पत्र पनि पेश गर्नुपर्ने छ ।

५. साथै थप जानकारीको लागि कार्यालयको सम्पर्क नं. ९८५७८२८५८८ मा सम्पर्क गर्न सकिनेछ ।

https://www.jobsnepal.com/shalbnatha-tharabhau-patara-pasha-garana-samabnathha-sacana-aahavana-145067

Interested in this role?

Apply by Nov 29, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP71862 Report a problem

Similar jobs

Apply on JobsNepal