निम्न माध्यमिक सामाजिक शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 4, 2026
- Job type
- Full time
- Category
- Education
- Level
- Entry Level
- Industry
- Education - School & Colleges
- Education
- Higher Secondary (+2/A Levels/IB)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
भेरीगंगा–१, भयाङ्ग, सुर्खेत
शिक्षा विकास तथा समन्वय एकाइको च.नं. ५०१, मिति २०८३/०८/०४ गतेको प्राप्त अनुमति पत्रअनुसार यस श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भेरीगंगा–१, भयाङ्ग, सुर्खेतमा रिक्त रहेको तपसिलबमोजिमको शिक्षक पदमा अस्थायी करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
करार सूचीमा सूचीकृत उम्मेदवारहरूका लागि ७ दिनको समयसीमासहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेस गर्न अनुरोध गरिन्छ।
१. विज्ञापनको विवरण
- विज्ञापन नं: २०८३/०८४–०१
- तह: निम्न माध्यमिक
- विषय: सामाजिक
- श्रेणी: तृतीय
- पदको प्रकार: अस्थायी करार
- दरखास्त दस्तुर: रु. १,०००/–
२. न्यूनतम शैक्षिक योग्यता: निम्न माध्यमिक तहको सामाजिक विषय शिक्षक पदका लागि सम्बन्धित विषयमा आई.एड. वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
३. आवश्यक कागजातहरू
- व्यक्तिगत निवेदन।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
- स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि।
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
- शिक्षण अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपि।
४. सेवा सुविधा: नेपाल सरकारले तोकेबमोजिम हुनेछ।
५. दरखास्त दिने मिति: २०८३/०८/०४ गतेदेखि २०८३/०८/१८ गतेसम्म।
६. परीक्षाको किसिम: लिखित तथा मौखिक।
७. सम्पर्क मिति: २०८३/०८/१९ गते।
८. परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ।
Interested in this role?
Apply by Dec 4, 2026 on Merojob.