प्राथमिक तह शिक्षक

Nationwide Posted Nov 24, 2026 14 views Apply by Dec 8, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 8, 2026
Job type
Full time
Category
Education
Level
Entry Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालय
सैनामैना - ५, रूपन्देही

प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०८

यस श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालयमा प्रावि तह स्वीकृत / राहत दरबन्दीमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा करार / अस्थायी सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले सैनामैना नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त मिति २०८३/०८/०२ को विज्ञापन स्वीकृतिको अनुमतिपत्र अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त फारम र कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र विद्यालयको कार्यालयमा दरखास्त पेस गर्नुहुन आह्वान गरिन्छ ।

१. विज्ञापनको विवरणः

  • पदः शिक्षक (प्राथमिक तह तृतीय श्रेणी)
  • संख्या: १ (एक) जना
  • विज्ञापन किसिम: खुला प्रतिस्पर्धात्मक प्रतियोगिता
  • कार्यक्षेत्र: श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालय

२. न्यूनतम योग्यता तथा अनुभवः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह (I.Ed.) वा सो सरह उत्तीर्ण गरेको शिक्षक सेवा आयोगबाट स्थायी अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) प्राप्त गरेको । १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको ।

३. पेस गर्नुपर्ने कागजातहरू:

  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरू ( चारित्रिक प्रमाणपत्र, लब्धांक पत्र र बोर्डको प्रमाणपत्र ) को प्रतिलिपिहरू १ / १ थान ।
  • शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र (लाइसेन्स) को प्रतिलिपि - १ थान
  • हालै खिचेको पासपोर्ट साइजको फोटो २ थान ।
  • स्थायी वा अस्थायी नियुक्ति तथा अनुभवका कागजातहरू (यदि भएमा) ।

४. दरखास्त फारम दस्तुर र बुझाउने स्थान:

  • दस्तुर: रु. १,५०० /- (फिर्ता नहुने गरी विद्यालयको खातामा जम्मा गरेको भौचर वा नगद रसिद) ।
  • दरखास्त बुझाउने स्थान : श्री पश्चिम पर्रोहा माध्यमिक विद्यालयको कार्यालय, सैनामैना-५, रूपन्देही ।
  • अन्तिम मितिः २०८३/०८/२२ गते कार्यालय समयभित्र ( सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट ) |

५. परीक्षाको किसिमः लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र मौखिक अन्तरवार्ता (आवश्यकता अनुसार ) |

परीक्षा मिति, समय र अन्य थप जानकारी दरखास्त बुझाउने म्याद समाप्त भएपछि सूचना मार्फत जानकारी गराइनेछ ।

(नोट:- शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तीका लागि योग्यताक्रम (पछिल्लो) सूचीमा नाम भएको व्यक्तीको दरखास्त पारेमा पहिलो योग्यताक्रम भएका उमेदवारलाई नियुक्ति दिइने छ ।)

Interested in this role?

Apply by Dec 8, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP72207 Report a problem

Similar jobs

Apply on Merojob