खुला सिलबन्दी दरभाउ-पत्र आह्वान

Nationwide Posted Nov 25, 2026 8 views Apply by Dec 2, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Dec 2, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

ट्रान्सफम नेपाल

लालबन्दी-८, सर्लाही, मधेश प्रदेश, नेपाल

आपत्कालीन खाद्यान्न राहत सामग्री आपूर्तिका लागि

खुला सिलबन्दी दरभाउ-पत्र आह्वान

प्रकाशन मिति

२०८३/०८/१०

सूचना नं.

०१

“ट्रान्सफम नेपाल” २०७४ सालमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भई र समाज कल्याण परिषदमा आवद्धता लिई नेपालका विभिन्न जिल्लाहरुमा सामाजिक रुपान्तरण र विकासको क्षेत्रमा क्रियाशिल एक गैरसरकारी संस्था हो । विपद् प्रभावित तथा जोखिममा रहेका समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु संस्थाको कार्यको एक हिस्सा हो ।

ट्रान्सफम नेपालले नुवाकोट जिल्लाका विदुर र बेलकोटगढी नगरपालिका तथा रसुवा जिल्लाका उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आपत्कालीन सहयोग प्रदान गर्न १,३८० खाद्यान्न प्याकेजका लागि देहायका सामग्री आपूर्ति गर्न इच्छुक दर्तावाला आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउ-पत्र आह्वान गरिन्छ ।

वा (Premium Jeera Masino हुनु पर्ने छ)

आपूर्ति स्थल र मूल्यमा समावेश गर्नुपर्ने लागत

सबै सामग्रीहरू बिदुर-९, नुवाकोट स्थित गोदाममा बुझाउनु पर्नेछ । प्रस्तावित मूल्यमा ढुवानी, लोडिङ र अनलोडिङ तथा सबै लागू कर समावेश हुनुपर्नेछ । मूल्य अभिवृद्धि कर (VAT) तथा अन्य कर छुट्टै स्पष्ट देखाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।

दरभाउपत्र पेश गर्ने विवरण

अन्तिम मिति र समय: २०८३.०८.१६ वेलुकाको ५ बजेसम्म

पेश गर्ने कार्यालयको ठेगाना: सस्थाको कार्यालय ,महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सम्पर्क कार्यालय

दरभाउ-पत्र खोल्ने मिति, समय र स्थान: २०८३ साल मंसिर १७ गते विहानको ११ वजे महालक्ष्मी न.पा. -२ ,ललितपुर स्थित सस्थाको सम्पर्क कार्यालय ।

खाममा लेख्ने विषय: “आपत्कालीन खाद्यान्न राहत सामग्रीको दरभाउ-पत्र”

सम्पर्क: बिजय कुमार तामाङ | ९८४९२३९४०१, ०४६-५०१७५९

इमेल

[email protected]

दरभाउ-पत्रका सर्तहरू

१. कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात् मसिंर १६ गते कार्यालय समयभित्र ट्रान्सफम नेपालको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजातसहित सिलबन्दी गरी दर्ता गराइसक्नुपर्नेछ । इमेलबाट पेश गर्दा [email protected] मा पासवर्डद्वारा सुरक्षित ZIP फोल्डरमा पठाउन सकिनेछ । दरभाउ-पत्र खोल्ने तोकिएको समयमा खरिद समितिलाई पासवर्ड उपलब्ध गराउनुपर्नेछ । अन्तिम दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको दिउँसो १२:०० बजेभित्र दर्ता गराइसक्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त दरभाउपत्र स्वतः अमान्य हुनेछ ।

२. प्राप्त कोटेशनहरू खरिद समितिको उपस्थितिमा तथा उपस्थित आपूर्तिकर्ता वा निजका आधिकारिक प्रतिनिधिहरूको रोहवरमा तोकिएको मिति, समय र स्थानमा खोलिनेछन् । आपूर्तिकर्ताका प्रतिनिधिहरू उपस्थित नभए पनि दरभाउ-पत्र खोल्न बाधा पर्ने छैन ।

३. सिलबन्दी दरभाउ-पत्रका साथ देहायका कागजात पेश गर्नुपर्नेछ।

(क) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र अथवा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

(ख) मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

(ग) आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । २०८१ /०८२ को मात्र भए म्याद थपको निस्सा ।

(घ) रीतपूर्वक भरिएको र हस्ताक्षरित तथा छाप लगाइएको कोटेशन फाराम ।

४. सबै दर नेपाली रुपैयाँमा उल्लेख गर्नुपर्नेछ । प्रस्तावित मूल्यमा बिदुर-९, नुवाकोटस्थित गोदामसम्मको ढुवानी, लोडिङ, अनलोडिङ तथा लागू हुने सम्पूर्ण कर समावेश हुनुपर्नेछ । VAT तथा अन्य करको दर र रकम छुट्टै खुलाई अन्तिम कुल रकम उल्लेख गर्नुपर्नेछ ।

५. प्रत्येक प्रस्तावित सामग्रीको नमुना वा नमुना प्याकेट आवश्यकता भएमा उपलब्ध गराउनुपर्नेछ । नमुनामा आपूर्तिकर्ताको नाम, प्रस्तावित ब्रान्ड तथा विवरण स्पष्ट खुलाउनु पर्नेछ ।

६. खाद्यान्न मानव उपभोगका लागि उपयुक्त, सफा, कीरा तथा प्रदूषणरहित र सुरक्षित बन्द प्याकिङमा हुनुपर्नेछ । लागू हुने प्याकेटमा उत्पादन मिति तथा म्याद समाप्ति वा उपभोगयोग्य मिति स्पष्ट हुनुपर्नेछ ।

७. आपूर्तिकर्ताले प्रस्तावित ब्रान्ड, प्याकिङ आकार, बाँकी उपभोगयोग्य अवधि, आपूर्ति अवधि तथा भुक्तानीका सर्त स्पष्ट उल्लेख गर्नुपर्नेछ । दरभाउ-पत्र अन्तिम पेश गर्ने मितिदेखि कम्तीमा ३० दिनसम्म मान्य हुनुपर्नेछ ।

८. आपूर्तिकर्ताले कुनै वास्तविक वा सम्भावित स्वार्थको द्वन्द्व भए खुलाउनुपर्नेछ । मूल्य, नमुनाको गुणस्तर, तोकिएको विवरणसँगको अनुपालन र समयमै आपूर्ति गर्ने क्षमताका आधारमा मूल्याङ्कन गरिनेछ । सबैभन्दा कम मूल्य प्रस्ताव गर्दैमा छनोट सुनिश्चित हुने छैन ।

९. यस सिलबन्दी दरभाउ-पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ । संस्थाको खरिद नीतिअनुसार कुनै वा सबै दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार ट्रान्सफम नेपालमा रहनेछ ।

आपूर्तिकर्ताले भर्ने मूल्य विवरण

https://www.jobsnepal.com/khal-salbnatha-tharabhau-patara-aahavana-145116

Interested in this role?

Apply by Dec 2, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP72818 Report a problem

Similar jobs

Apply on JobsNepal