बाह्य लेखापरीक्षक (External Auditor) नियुक्तिको लागि प्रस्ताव आह्वानको सूचना full-time
Kathmandu Posted Jul 11, 2026 Apply by Oct 11, 2026

Quick Overview

  • CategoryAccounting & Finance
  • LocationKathmandu
  • Job TypeFull Time
  • Deadline2026-10-11

Job Description

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल,

खाडाचक्र ०१, मान्मा, कालिकोट

बाह्य लेखापरीक्षक (External Auditor) नियुक्तिको लागि प्रस्ताव आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०३/१८)

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल, कालिकोटमा स्थापना भई कर्णाली प्रदेशमा ३ दशकभन्दा बढी समयदेखि काम गर्दै आएको छ । संस्थाले विशेष गरी मानव अधिकार, जीविकोपार्जन, लघु उद्यम, पूर्वाधार, पुर्वाधार विकास, जलवायु परिवर्तन, महिला, वालवालिका, सशक्तीकरण, विपद् व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन र पर्यावरण मैत्री पूर्वाधारमा केन्द्रित भई सामाजिक परिचालन मार्फत आवश्यकतामा आधारित कार्य एकिकृत गरि काम गर्दै आएको छ ।

हुरेन्डेक कालिकोटले स्थापनाकालदेखि नै कर्णाली प्रदेशमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष पूरा भएपछि लेखापरीक्षण पूरा गर्न आवश्यक छ । तसर्थ, यस मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटले आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारहरूको प्रचलित कानुन बमोजिम वैधानिक बाह्य लेखापरीक्षण (Statutory External Audit) गराउनु पर्ने भएकाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ICAN बाट इजाजतपत्र प्राप्त इच्छुक चार्टर्ड एकाउन्टेन्ट (CA) फर्महरूबाट रीतपूर्वकको प्राविधिक तथा आर्थिक प्रस्ताव (Technical & Financial Proposal) आह्वान गरिन्छ ।

१. कार्यक्षेत्र (Scope of Work)

२. आवश्यक योग्यता तथा शर्तहरू (Eligibility Criteria):

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) मा नवीकरण भएको वैध इजाजतपत्र प्राप्त फर्म हुनुपर्ने ।

नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने ।

आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate) प्राप्त गरेको हुनुपर्ने ।

NGO/INGO/Corporate Sector –को कम्तीमा ५ वर्षको लेखापरीक्षण कार्यअनुभव भएको फर्मलाई प्राथमिकता दिइनेछ ।

लेखा परीक्षक HuRENDEC नेपालको व्यवस्थापन वा वित्तीय हितका सबै पक्षबाट पूर्णतया निष्पक्ष र स्वतन्त्र हुनुपर्नेछ ।

लेखापरीक्षकले लेखापरीक्षणको अवधिमा वा लेखापरीक्षणको कार्य सञ्चालन गर्दा, संस्थाको कुनै व्यक्ति वा कर्मचारीसँग कुनै निहित स्वार्थ (Vested interest) वा आर्थिक सम्बन्ध राख्नु हुँदैन ।

लेखापरीक्षकले उपयुक्त व्यवसायिक योग्यता र उपयुक्त अनुभव भएका पर्याप्त लेखापरीक्षण कर्मचारीहरू नियुक्त गर्नुपर्नेछ ।

आर्थिक प्रस्ताव पेश गर्दा यात्रा खर्च (कालिकोट आउने जाने) तथा होटेल तथा दैनिक भ्रमण भत्ता समेत खुलाई पेश गर्नुपर्नेछ ।

३. पेस गर्नुपर्ने कागजातहरू (Required Documents)

इच्छुक फर्महरूले आवेदन दिँदा तल उल्लेखित कागजातहरूको प्रमाणित प्रतिलिपिहरू पेस गर्नुपर्नेछः

१. फर्म दर्ताको प्रमाणपत्र (Firm Registration Certificate)

२. क्ष्ऋब्ल् बाट प्राप्त सदस्यता तथा नवीकरण प्रमाणपत्र (Certificate of Practice)

३. भ्याट दर्ता प्रमाणपत्र (VAT Certificate)

४. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र

५. फर्मको प्रोफाईल (Company Profile) र मुख्य लेखापरीक्षकहरूको विवरण (CV)

६. प्राविधिक र आर्थिक प्रस्ताव (Technical & Financial Proposals) छुट्टाछुट्टै खाममा

७. कालोसूचीमा नपरेको स्वघोषणा पत्र

४. प्रस्ताव पेस गर्ने प्रक्रिया र अन्तिम मितिः

इच्छुक फर्महरूले आफ्नो सिलबन्दी प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साल असार ३२ गते कार्यालय समय (साँझ ५:०० बजे) भित्र यस संस्थाको कार्यालयमा वा संस्थाको आधिकारिक इमेल [email protected] मार्फत छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव (Technical & Financial Proposals) पेश गर्नुपर्नेछ । म्याद नाघी आएका वा रीत नपुगेका प्रस्तावहरू उपर कुनै कारबाही गरिने छैन । प्राप्त प्रस्तावहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । कुनै थप जिज्ञाशा वा जानकारीको लागि सम्पर्क यस संस्थाको फोन नं. ०८७ ४४०१५२ वा संस्थाको ईमेल [email protected] मार्फत प्राप्त गर्न सकिने छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल,

खाडाचक्र ०१, मान्मा, कालिकोट

फोन नं. ०८७ ४४०१५२, ईमेल [email protected],

वेवसाईटः www.hurendec.org.np

https://www.jobsnepal.com/bhaya-lkhaparakashhaka-external-auditor-nayakataka-lga-parasatava-aahavanaka-sacana-143121

Other Jobs at Oxfam in Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Apply on JobsNepal