Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeEntry Level
- Deadline2026-08-24
Job Description
Experience Required
Not Required
Required Skills
Sign Language
गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
गण्डकी प्रदेश
यस मन्त्रालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत “साङ्केतिक भाषा दोभाषेसहितको अपाङ्गता सहायता कक्षमा कर्मचारी व्यवस्थापन कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३” बमोजिम तपसिलमा उल्लिखित पदमा सेवा करारमा कर्मचारी व्यवस्थापन गरिने भएकाले इच्छुक योग्य उम्मेदवारहरूबाट आवेदन माग गरिएको छ। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुनः प्रकाशित गरिएको छ।
१. माग गरिएको पद: हेल्पडेस्क सहायक (सहायकस्तर चौथो)
२. माग पद संख्या
७ (सात)
३. उम्मेदवारको न्यूनतम योग्यता तथा अनुभव:
उम्मेदवार गण्डकी प्रदेशभित्रका नागरिक हुनुपर्नेछ।
पुरुष उम्मेदवारको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिला उम्मेदवारको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साङ्केतिक भाषा सम्बन्धी कम्तीमा ३ महिना (७८ कार्यदिन) को तालिम प्राप्त गरेको हुनुपर्नेछ।
४. उम्मेदवारले पेश गर्नुपर्ने कागजातहरू:
मापदण्डको अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरिएको निवेदन।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
न्यूनतम शैक्षिक योग्यता खुल्ने प्रमाणपत्रको प्रतिलिपि।
साङ्केतिक भाषा सम्बन्धी कम्तीमा ३ महिना (७८ कार्यदिन) को तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि।
कम्प्युटर सीप सम्बन्धी तालिम प्राप्त गरेको भए सोको प्रमाणपत्रको प्रतिलिपि।
५.निवेदन पेश गर्ने अन्तिम मिति:२०८३/०५/०८ गतेसम्म कार्यालय समयभित्र।अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समयभित्र निवेदन पेश गर्न सकिनेछ।
६. दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. ५००।– (पाँच सय रुपैयाँ मात्र) हुनेछ।
पुनश्चः सीप परीक्षणमा उत्तीर्ण हुने उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ।
About Company
Other Jobs at सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
Similar Jobs
Scan to open on your phone · Download QR