कर्मचारी रोस्टर सम्बन्धि सूचना contract
Nationwide Posted Sep 8, 2026

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी रोस्टर सम्बन्धि सूचना

सूचना प्रकाशित मिति : २०८३ भादौ २२ गते सोमवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको सबै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरूका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

विभिन्न साझेदारहरूको सहकार्यमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायत मधेस प्रदेशको अन्य जिल्लामा विभिन्न कार्यक्रमहरू यस संस्था द्धारा सञ्चालन भईरहेको छ । हाल रसुवा लगायत अन्य जिल्लामा गएको बाढी पहिरोका कारण क्षगिग्रस्त भएका स्थानहरुमा राहत वितरण लगायत सहायताका अन्य कार्यक्रमहरू गर्न तपशील अनुसारका कर्मचारी आवश्यक पर्न सक्ने हुनाले योग्यता पुगेका स्थानीय नेपाली नागरिकहरूबाट रोस्टरका लागि दरखास्तको लागि आह्वान गरिएको छ ।

पद तथा संख्याशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरूFinance and Supply chain Officer (some)Bachelor in Finance or Management (Master's degree preferred)

१. Finance and Supply chain पदमा दैविक प्रकोप, राहत वितरण, स्वास्थ्य, पोषण र सामाजिक क्षेत्र मा ३ वर्षको कार्य अनुभव भएको ।

२. कार्यक्रम रणनीति, समुहगत निर्णय र सरकारी नीतिहरू, कार्यक्रमहरू, SDG, र जलवायु परिवर्तनको राम्रो बुझाइमा सीप, ज्ञान र अनुभव भएको ।

३. Finance and Supply chain, अफिस प्याकेज र इन्टरनेटमा कम्प्युटर सीपको भएको ।

४. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्र, स्थानीय सामुदाय, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको ।

५. Office package; World, Excel, Power point and email internet मा राम्रो दक्षता भएको ।

६. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको ।

MEAL/Field  Officer (some)Bachelor's degree in Sociology, Management or any relevant discipline (Master's degree preferred)

१. MEAL/Field  Officer पदमा दैविक प्रकोप, राहत वितरण, स्वास्थ्य, पोषण र सामाजिक क्षेत्रमा तीन वर्षको कार्य अनुभव भएको ।

२. MEAL, GEDSI, समाजिक मान्यता, सुरक्षा कार्यान्वयन र लैंगिक रूपान्तरणमा कार्य अनुभव भएको ।

३. तथ्याङ्क र सुचना व्यवस्थापनमा राम्रो प्रविधिक ज्ञान र अनुभव भएको ।

४. निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरू उपलब्ध गराउन विविध टोली व्यवस्थापन गर्न सकिने ।

५. बलियो सहजीकरण, वकालत, संवाद सञ्चार र प्रतिवेदन सीपहरू भएको । 

६. विभिन्न क्षेत्रीय एकाइहरू, निजी क्षेत्र, स्थानीय सामुदाय, दाताहरू, र अन्य सरोकारवालाहरू, विशेष गरी प्रदेश र स्थानीय प्रतिनिधिहरूसँग प्रभावकारी रूपमा काम गर्ने क्षमता भएको ।

७. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको ।

८. Office package; World, Excel, Power point and email internet मा राम्रो दक्षता भएको ।

Community Mobilizer (Some)10+2 in Education, Socialogy or any relevant discipline (Bachelor's degree preferred)

१. समाजिक परिचालन पदमा दैविक प्रकोप, राहत वितरण, स्वास्थ्य, पोषणमा कम्तीमा २ वर्षको अनुभव भएको ।

२. सरोकारवालाहरूसँग समन्वय र सहकार्यका साथै अन्तर वैयक्तिक कला र सहजीकरण गर्न सक्ने क्षमता भएको ।   

३. परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने ।

४. जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ—संस्थाहरुसँग आत्म विश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने ।

५. GEDSI, समाजिक मान्यता, सुरक्षा कार्यान्वयन, बाल सुरक्षा र बाल अधिकार सम्बन्धि कार्य अनुभव भएको ।  

६. Office package; World, Excel, Power point and email internet मा राम्रो दक्षता भएको ।

७. दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू

१. व्यक्तिगत विवरण (Personal bio-data)

२. निवेदन (Application)

३. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship)

४. शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates)

५.तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)

६. दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान रतरिका स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा

ईमेलः— [email protected] मा आवेदन इमेल गर्न सकिन्छ ।

छोटो सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौं।

Other Jobs at Dalit Society Welfare Committee Nepal

Loading...

Similar Jobs

Loading...
8 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on JobsNepal