Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-08
Job Description
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) ,मलगंवा, सर्लाही
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/१६ गते
प्लान इन्टरनेशनल नेपाल तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) मलगंवा सर्लाहीको साझेदारीमा यस सर्लाही जिल्लामा आभा परियोजना सञ्चालन गरिरहेको छ । यस परियोजना अन्तर्गत तल दिएका सेवा तथा समाग्री खरिद गर्नु पर्ने भएको हुनाले सम्बन्धित ईच्छुक इजाजत प्राप्त दर्तावाला आपुर्तिकर्ता/विक्रेताहरुबाट रीतपुर्वक शिलवन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष (हाल सालका) कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि (४) कम्पनीको प्रोफइल र सम्बन्धित कामको अनुभव पत्र र कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाको सम्पर्क कार्यालयमा मिति २०८३/०६/२२ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरु संग खरिद आदेश जारी गरी वा सम्झौता गरी आवश्यकता अनुसार चाहिएको बेला आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
७. कोटेशन (RFQ) साथमा संस्थाको Self-declaration, Conflict of Interest and बलम वाल सुरक्षानीति सही छाप सहीत पठाउनु पर्नेछ।
नोट: कोटेशन र सम्बन्धित कागजातहरु तल Link बाट वा संस्थामा गई हार्डकपि प्राप्त गर्न सकिन्छ ।
LINK
Request for Quotation_Deep Tubewell.pdf
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:
कार्यालयको सम्पर्क ठेगाना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , मलंगवा, सर्लाही
सम्पर्क नं. ०४६–५९०५५२
https://www.jobsnepal.com/shalbnatha-katashana-aahavanaka-sacana-144444
Other Jobs at Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa
Similar Jobs
Scan to open on your phone · Download QR