जनस्वास्थ्य अधिकृत , पोषण सहजकर्ता, अनमी
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 10, 2026
- Job type
- Full time
- Category
- Government
- Level
- Mid Level
- Industry
- Government Organization
- Education
- Higher Secondary (+2/A Levels/IB)
- Experience
- Not Required
- Vacancies
- 3
- Salary
- Not stated
More about this job
एकडारा गाउँपालिका
एकडारा, महोत्तरी, मधेश प्रदेश, नेपाल
गाउँ कार्यपालिकाको कार्यालय
(प्रथम पटक प्रकाशित मिति: २०८०/०८/१७)
यस एकडारा गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि तपसिलबमोजिमका पदहरूमा कर्मचारी सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएबमोजिमका विवरण तथा राजस्व बुझाएको सक्कल रसिदसहित यस कार्यालयमा दरखास्त पेस गर्न आह्वान गरिन्छ। तोकिएको म्यादभित्र पेस नभएका तथा रीत नपुगी आएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
१. माग गरिएका पद तथा विज्ञापन विवरण
विज्ञापन नं. ०१-२०८०/०८१
- पद: जनस्वास्थ्य अधिकृत (अधिकृत सातौँ)
- माग संख्या: १ जना
- परीक्षा दस्तुर: रु. १,०००/-
- पद: पोषण सहजकर्ता
- माग संख्या: १ जना
- परीक्षा दस्तुर: रु. ४००/-
- पद: अनमी (सहायक चौथो)
- माग संख्या: १ जना
- परीक्षा दस्तुर: रु. ४००/-
२. आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव
- जनस्वास्थ्य अधिकृतका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
- पोषण सहजकर्ताका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सोसरह (+२) उत्तीर्ण गरेको हुनुपर्नेछ।
- अनमीका लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमी (ANM) उत्तीर्ण गरी SBA तालिम प्राप्त गरेको हुनुपर्नेछ।
अनुभव: सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
३. उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
४. दरखास्त दिने स्थान: एकडारा गाउँ कार्यपालिकाको कार्यालय, एकडारा, महोत्तरी।
५. दरखास्त दिने अन्तिम मिति: २०८०/०८/२४ गतेसम्म।
६. दरखास्त दस्तुर बुझाउने प्रक्रिया: दरखास्त दस्तुर यस गाउँपालिकाको प्रभु बैंकमा रहेको खाता नं. १२९०१०३९९४७०००५१ मा जम्मा गरी सोको सक्कल भौचर दरखास्त फारामसाथ पेस गर्नुपर्नेछ।
७. दरखास्त फाराम प्राप्त गर्ने स्थान: दरखास्त फाराम एकडारा गाउँपालिकाको आधिकारिक वेबसाइट वा गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
८. छनोटको किसिम: उम्मेदवारहरूको छनोट प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।
९. आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू
आवेदक स्वयंले प्रमाणित गरेका देहायबमोजिमका कागजातहरूको प्रतिलिपि दरखास्तसाथ संलग्न गर्नुपर्नेछ।
- नेपाली नागरिकताको प्रमाणपत्र।
- न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्र।
- अनुभव खुल्ने कागजात (अनुभव भएमा)।
- हालसालै खिचिएका दुई प्रति पासपोर्ट साइजको फोटो।
१०. सेवा सुविधा: सेवा सुविधा एकडारा गाउँपालिकाको निर्णयबमोजिम हुनेछ।
नोट: महिला, दलित, आदिवासी/जनजाति, मधेशी तथा विपन्न वर्गका उम्मेदवारहरूलाई विशेष ग्राह्यता दिइनेछ।
About the Company
-
Interested in this role?
Apply by Dec 10, 2026 on Merojob.