This job has expired and is no longer accepting applications — see similar active jobs below.
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
प्रबन्धक (व्यवस्थापकीय श्रेणी), full-time
Kaski Posted Aug 7, 2026 Apply by Aug 21, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationPokhara
  • Job TypeEntry Level
  • Deadline2026-08-21

Job Description

Experience Required

More than 3 years

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड को केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूका लागि स्थायी पदपूर्तिका निमित्त खुला प्रतिस्पर्धाद्वारा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

१. प्रबन्धक (व्यवस्थापकीय श्रेणी)

पद संख्या

न्यूनतम शैक्षिक योग्यता तथा अनुभव

कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा सहायक प्रबन्धक पदमा न्यूनतम ३ वर्ष कार्य अनुभव भएको; वा

कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा सहायक प्रबन्धक पदमा न्यूनतम ४ वर्ष कार्य अनुभव भएको हुनुपर्ने।

२. कनिष्ठ सहायक (सहायक श्रेणी)

पद संख्या

४३

न्यूनतम शैक्षिक योग्यता

एस.एल.सी. उत्तीर्ण वा एस.ई.ई. परीक्षामा कम्तीमा डी प्लस ग्रेड (न्यूनतम १.६० जीपीए) प्राप्त गरेको हुनुपर्ने।

उमेर सम्बन्धी मापदण्ड

व्यवस्थापकीय श्रेणीका लागि: दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने।

सहायक श्रेणीका लागि: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने।

महिला उम्मेदवारका हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।

वित्तीय संस्थामा कार्यरत बहालवाला कर्मचारीहरूलाई उक्त उमेर हद लागू हुने छैन।

थप जानकारी

सबै पदका लागि कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने।

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

उम्मेदवारले आफूले आवेदन दिने पद उल्लेख गरी हस्तलिखित निवेदनसहित

निम्न कागजातहरू पेश गर्नुपर्नेछ

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,

स्व–प्रमाणित बायोडाटा (CV),

शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि,

अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि,

नेपाली नागरिकताको प्रतिलिपि।

आवेदन संस्थाको केन्द्रीय कार्यालयमा वा [email protected] इमेलमार्फत पठाउन सकिनेछ।नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रका हकमा समकक्षता निर्धारणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।तोकिएको मितिपछि प्राप्त भएका वा रित नपुगेका आवेदनहरू स्वतः रद्द हुनेछन्।

छनोट प्रक्रिया

अन्तर्वार्ता।

केवल सर्टलिस्ट भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सहभागी गराइनेछ।

Other Jobs at कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

Loading...
83 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

This job has expired