Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeMid Level
- EducationBachelor's degree
- Deadline2026-09-14
Job Description
Experience Required
Not Required
त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाडौं
यस सेन्टरका लागि देहायबमोजिमको पदमा अस्थायी दरबन्दीमा सेन्टरको आन्तरिक स्रोतबाट तलब–भत्ता व्यहोर्ने गरी करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिएबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट तोकिएबमोजिम आवेदन पेश गर्न आह्वान गरिन्छ।
पदको नाम
हाउस अफिसर
संख्या
केही
न्यूनतम योग्यता: त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Bachelor of Medicine and Bachelor of Surgery (MBBS) वा सो सरह उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
आवेदन दस्तुर
रु. २,०००।–
उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षाको किसिम तथा मिति
लिखित परीक्षा: २०८३।०६।०३ गते, बिहान ११:३० बजे।
अन्तर्वार्ता
२०८३।०६।०६ गते।
आवेदन बुझाउने मिति: आवेदन २०८३।०५।१६ गतेदेखि २०८३।०५।२९ गतेभित्र पेश गर्नुपर्नेछ। २०८३।०५।२९ गतेभित्र शुल्क भुक्तानी गरेका उम्मेदवारहरूले २०८३।०५।३० गते साँझ ५:०० बजेसम्म आवेदन बुझाउन सक्नेछन्।
आवश्यक कागजातहरू
आवेदनका क्रममा देहायका कागजातहरू स्क्यान गरी तोकिएबमोजिम अपलोड गर्नुपर्नेछ:
पासपोर्ट साइजको फोटो।
नेपाली नागरिकताको प्रमाणपत्र।
न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्र।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्र।
विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता हासिल गरेको हकमा नेपाल सरकारको सम्बन्धित निकायबाट निर्धारण गरिएको समकक्षता (Equivalence) पत्र।
Other Jobs at मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
Similar Jobs
Scan to open on your phone · Download QR